काठमाडौँ, १६ साउन । हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ । हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो ।
उनी ६२ वर्षका थिए । हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो । समाचारसंस्था एएफपीका अनुसार इरानको रेभलूशनीर गार्ड कोरले उक्त घटना कसरी भयो भन्ने स्पष्ट नभएको तर छानबिन भइरहेको जनाएको छ ।
हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान गएका थिए । उक्त समारोह मंगलबार भएको थियो ।