Logo

इजरायली सेना जेनिन सहरबाट फिर्ता हुन थाले



इजरायल, २० असार । लगातार दुई दिन आक्रमण गरेपछि इजरायली सेना वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट फिर्ता हुन थालेका छन् ।

इजरायली सेनाले कब्जा गरेको जेनिन शिविरबाट सेना फिर्ता हुन थालेपछि आक्रमण रोकिएको छ । इजरायली सेनाले वेस्ट बैंक क्षेत्रमा रहेको प्यालेस्टिनी जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादविरुद्धको लडाइँ तत्कालका लागि रोकेको र सेना फिर्ता भएको बताएको बीबीसीले जनाएको छ । तर, उनले फेरी पनि आवश्यक परेमा आक्रमण हुन सक्ने चेतावनी दिएका हुन् ।

दुई दिनसम्म जेनिन सहरमा भएको आक्रमणमा कम्तिमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको ज्यान गएको छ । आक्रमणबाट सय जनाभन्दा धेरै घाइते भएका प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् ।

यो शिविर आतंककारीको बलियो गढ भएको इजरायलको दाबी छ  । जेनिन शरणार्थी शिविरमा १४ हजार जना बस्दै आएका छन्  ।

प्रतिक्रिया दिनुहोस्