Logo

इजरायली हमलामा इरानका राष्ट्रपति घाइते भएको खुलासा



काठमाडौं, ३० असार । हालैको इजरायल–इरान सैन्य युद्धमा इरानी राष्ट्रपति मसुद पेजेसकियान घाइते भएको खुलासा भएको छ ।

इरानको रिभोलुसनरी गार्डसँगनजिक रहेको सरकारी फार्स समाचार एजेन्सीका अनुसार १६ जुनमा राजधानी तेहरानमा रहेको एक गोप्य भूमिगत सुविधाको प्रवेश र निकास बिन्दुहरूलाई लक्षित गरी ६ वटा बम हमला गरिएको थियो जहाँ पेजेसकियान सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठकमा सहभागी थिए ।

राष्ट्रपति र अन्य व्यक्तिहरू आपतकालीन मार्गबाट भाग्ने क्रममा उनको खुट्टामा चोट लागेको समाचारमा बताइएको छ । इरानले अब इजरायली एजेन्टहरूको घुसपैठको सुराग पछ्याइरहेको बताइएको छ ।

फार्सको यो रिपोर्ट स्वतन्त्ररूपमा पुष्टि भने नभएको बताइएको छ । इजरायलले यो रिपोर्टबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन ।

१२ दिने युद्धको समयमा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले उत्तर–पश्चिमी तेहरानको पहाडी क्षेत्रमा बारम्बार हमला भएको देखाएका थिए ।

युद्धको चौथो दिनमा हमलाले तेहरानमा रहेको एक गोप्य भूमिगत सुविधालाई लक्षित गरेको थियो, जहाँ त्यतिबेला इरानका शीर्ष नेताहरू थिए भन्ने विषय खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्