काठमाडौँ, १२ असार । अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पोखरेल र रिजाललाई राजदूतमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पोखरेल र रिजाललाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।








