Logo

इजरायल र लेबनानी सीमानामा बढ्यो तनाव



इजरायल, ४ कात्तिक । पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ ।

दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ । इजरायली सेनाले पनि जवाफी आक्रमण गरेको छ ।

रेकट आक्रमण बढेसँगै इजरायलले सीमानामा रहेको उत्तरी इजरायली शहर किरिय शमोना खालि गर्न निर्देशन दिएको छ ।

इजरायल र गाजा शासक हमासबीच अक्टोबर ७ मा आक्रमण सुरू भएसँगै लेबनान र इजरायली सीमामा पनि तनाव बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्