Logo

इजरायल-हमास युद्ध रोक्ने पक्षमा नेपालको मतदान



काठमाडौँ, ११ कार्तिक । नेपालले इजरायल-हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको इजरायल-हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले गाजामा तत्काल दिगो मानवीय युद्धविरामको माग गर्दै प्रस्ताव पारित गरेको हो ।

युद्ध विरामको पक्षमा नेपालसहित एक सय २० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ४५ देश मतदानमा सहभागी भएनन् । बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ ।

बैठकमा सहभागी इजरायलका राजदूत गिलाड एर्डनले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै हमासको अत्याचार सहेर नबस्ने बताएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्