Logo

इजिप्टमा ट्याक्टर दुर्घटना हुँदा १० जना किसानको मृत्यु



इजिप्ट, १६ मंसिर । इजिप्टको उत्तरी प्रान्त बेहेरियामा सवारी दुर्घटनामा दश जना किसानको ज्यान गएको छ ।

खेतको कामबाट फर्किँदै गरेका उनीहरूको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

प्राप्त जानकारीअनुसार उनीहरू बिहीबार खेतको काम गरेर घर फर्किँर्दै गरेका वेला उनीहरू सवार रहेको ट्याक्टर दुर्घटनामा परेको थियो ।

उनीहरू सवार ट्याक्टरलाई अर्कातर्फबाट आएको ट्रकले ठक्कर दिएको थियो । उक्त दुर्घटनामा अरू दुईजना घाइते भएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्