Logo

इटलीका प्रधानमन्त्रीले दिए राजीनामा



इटली, ३१ असार । इटलीका प्रधानमन्त्री मारियो द्राघीले राजीनामा दिएका छन् ।

सबैभन्दा बलियो सत्ता साझेदार रहेको लोकतान्त्रिक गठबन्धनको फाइभ स्टार पार्टीले द्राघीलाई लिएको समर्थन फिर्ता लिएसँगै उनले अल्पमतमा परेर राजीनामा दिएको बीबीसीले जनाएको छ ।

युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुख समेत रहेका द्राघी फाइभ स्टार पार्टीको समर्थनमा गएको वर्ष प्रधानमन्त्री बनेका थिए । तर राष्ट्रपति सर्जियो माटारेल्लाले द्राघीको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्