सुनसरी, २० असार । सुनसरीको इटहरी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरीको ज्यान गएको छ ।
मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ गैसारका ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा (अंशु) घाइते भएका थिए ।
गम्भीर घाइते आमा छोरीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा ज्यान गएको इलाका प्रहरीले कार्यालय इटहरीले जनाएको छ ।
कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घटनापछि स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरेका थिए भने नाराबाजीसहित प्रदर्शन गरेका थिए । टिपर चालक सर्लाहीको हरिवनका बलबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।







