बेलायत, १९ जेठ । इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ २०२२ को उपाधि जितेको छ ।
वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३-० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
अर्जेन्टिनाका लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एकरएक गोल गरेका थिए ।
फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ । इटली युरोकप च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।