Logo

“इतिहास पुरानाले लेखे, भविष्य हामी बनाउँछौँ”– रवि लामिछाने



काठमाडौं, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशको वर्तमान अवस्थासम्म आइपुग्न पुराना दल र नेताहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक संघर्ष र त्यागको सम्मान गर्नुपर्नेमा जोड दिए। “उहाँहरूको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन, हामीले सबैलाई स्मरण र धन्यवाद दिनुपर्छ,” उनले भने।

लामिछानेले अब देशलाई अगाडि बढाउने जिम्मेवारी रास्वपाको काँधमा आएको उल्लेख गर्दै भविष्य निर्माणमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए। “इतिहास तपाईंहरूले लेख्नुभयो, अब भविष्य हामी बनाउँछौँ,” उनले थपे।

उनले आफ्ना नेता, कार्यकर्ता तथा समर्थकहरूलाई पुराना दलप्रति कटाक्ष नगर्न आग्रह गर्दै संयमित व्यवहार अपनाउन निर्देशन दिए। विजयसँगै जिम्मेवारी पनि बढ्ने भएकाले मर्यादित र सन्तुलित अभिव्यक्ति आवश्यक रहेको उनको भनाइ थियो।

सामाजिक सञ्जालमा पनि अनुशासित रूपमा प्रस्तुत हुन आग्रह गर्दै उनले रास्वपा समर्थकप्रति बनेको नकारात्मक धारणा सुधार्नुपर्ने

प्रतिक्रिया दिनुहोस्