Logo

इनरुवा नगरपालिकाले भत्काउन थाल्याे अतिक्रमित संरचना



सुनसरी, २० मंसिर । पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आजदेखि अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।

३५ दिने र अन्तिम पटकको तीन दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरका मेयर केदार भण्डारीसहितको नगरपालिकाको टोली नै डोजर लिएर सडकमा निस्किएको हो ।

मङ्गलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा मेयरले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका हुन् ।

व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ । नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ । सडकपेटी खाली गराउन पुगेका नगरका मेयर केदार भण्डारीले पटक पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रिनुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्