Logo

इन्डोनेसियाको बाली टापुमा खडेरी, पिउने पानीको अभाव



इन्डोनेसिया, ३ कात्तिक । खडेरीका कारण इन्डोनेसियाको प्रख्यात पर्यटकीय क्षेत्र बाली टापुमा आपतकालीन सतर्कता घोषणा गरिएको छ ।

१४ दिनसम्म आपतकालीन सतर्कता घोषणा लागू हुने त्यहाँको सरकारले जनाएको छ । बाली प्रान्तका कार्यवाहक गभर्नर साङ मेड महेन्द्रले १४ दिन अगाडि विपद् आपतकालीन पूर्वतयारीको स्थिति कायम गर्ने निर्णय गरेको बताएका हुन् ।

बालीमा जुलाईदेखि अक्टोबरसम्ममा शुद्ध पिउनेपानीको अभाव भएको छ । जङ्गलमा आगलागी भएकाले स्थिति प्रतिकूल बनेको बाली प्रान्तका कार्यवाहक गभर्नर महेन्द्रले बताए ।

खडेरी परेका क्षेत्रमा सहयोग उपलब्ध गराउने र मौसमलाई अनुकूल पार्न आवश्यक उपकरण तयार गर्नेलगायतका काम अगाडि बढाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्