इन्डोनेसिया, २० फागुन । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एउटा इन्धन भण्डारण डिपोमा आगलागी भएको छ ।
आगलागीमा परेर दुई बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनीहरुको शरीरका विभिन्न भाग जलेको छ । इन्धन भण्डारण डिपोमा शुक्रबार बेलुका लागेको आगो नजिकै रहेको आवास क्षेत्रमा फैलिएको थियो । आगलागी फैलिन थालेपछि आवास क्षेत्रमा रहेका मानिसलाई तत्काल घर बाहिर निकालिएको थियो।
पाइपलाइन फुट्दा इन्धन लिक भएर आगलागी भएको हुनसक्ने सुरक्षाकर्मीको प्रारम्भिक अनुमान छ । वर्षासँगै परेको चट्याङका कारण आगो फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।