काठमाडौँ, ३१ जेठ । कुवेतमा जारी एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपालले आज इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
लगातार दुई खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको नेपाल अर्को बलियो प्रतिद्वन्द्वी इन्डोनेसियासँग मंगलबार राति १ बजे प्रतिस्पर्धा गर्दै छ ।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो भने शनिबार भएको दोस्रो खेलमा घरेलु टोलि कुवेतलेसँग ४-१ को फराकिलो हार भोग्न बाध्य भएको थियो ।