Logo

इन्धनको भाउ बढेको विरोधमा नाइजेरियामा हवाई उडान बन्द हुने



नाइजेरिया, २४ वैशाख । इन्धनको भाउ अत्याधिक बढेको भन्दै नाइजेरियाका हवाई सेवा कम्पनीले सोमबारदेखि उडान ठप्प पार्ने भएका छन् ।

सरकारले हवाइ इन्धनको भाउ चार गुणाले बढाएको विरोधमा नाइजेरियाका सबै हवाइ सेवा कम्पनीले सोमबारदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

नाइजेरियन एअर अपरेटर एओनले विश्वका कुनै पनि देशमा यस्तो चर्को मूल्यवृद्धि नभएको दाबी गर्दै उडान बन्द गर्नुको विकल्प नरहेको जनाएको छ । नाइजेरियामा हवाई इन्धनको मूल्य ५० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्