Logo

इन्धन राख्ने ट्याङ्कीमा विस्फोट हुँदा दुई जना घाइते



काठमाडौँ, २२ जेठ । टेकुको पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्कीमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

कनक पेट्रोल पम्पको ट्याङ्कीमा ग्यास विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका-३ घर भइ काठमाडौँको कालीमाटी बस्ने ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्