काठमाडौं, १८ असोज । हनी ट्रयाप्मा पारेर असुली गरेको आरोप लागेकी प्रहरी निरीक्षक बिनु शाही निलम्बनमा पर्नुभएको छ ।
गृहमन्त्रालयले शाहीलाई आज निलम्बन गरेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको हो । इन्स्पेक्टर बिनुले भैंसेपाटीमा कार्यरत रहँदा एकजना व्यवसायीहलाई युवतीसँग मिलेर हनी ट्रयाप्मा परी ३० लाख असुली गरेको आरोपछ ।
शाहीमाथि छानबिनका लागि ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । समितिले शाहीको भूमिका शंकास्पद देखिएको भन्दै निलम्बनका लागि सिफारिस गरेको थियो ।