Logo

इयान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित



अमेरिका, १३ असोज । इयान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित भएको छ ।

फ्लोरिडाको दक्षिण पश्चिम क्षेत्रमा २ सय ४१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको आँधीले विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको बीबीसीले जनाएको छ ।

फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले आँधीको बाटोमा रहेका मानिसलाई सुरक्षित ठाउँमा जान अनुरोध गरेका छन् । अमेरिकी सीमा गस्तीले आँधीमा जहाज डुबेपछि हराइरहेका २३ जना आप्रवासीको खोजी गरिरहेको छ ।

आँधीका कारण फ्लोरिडाका १८ लाखभन्दा धेरै उपभोक्ताले बिजुली प्रयोग गर्न पाएका छैनन् । आँधीका कारण फ्लोरिडामा सडक प्रभावित भएसँगै हवाई तथा स्थलगत यातायात सेवा पनि बन्द भएको छ ।

विद्यालय पनि बन्द गरिएको छ । विद्यालय तथा सार्वजनिक भवनहरुमा नागरिकलाई राखिएको छ । क्युबामा आँधीका कारण दुई जनाको ज्यान गएको विवरण प्राप्त भएको खबरमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्