Logo

इराकमा आइएसका १७ जना आतङ्ककारी मारिए



इराक, १५ फागुन । इराकमा सुरक्षा फौजको कारबाहीमा परी आइएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती आतङ्ककारी मारिएका हुन् ।

इराकी सेनाका प्रवक्ता याहिया रोसलले दिएको जानकारीअनुसार यहाँका कतिपय क्षेत्रमा आइएसले पछिल्लो समयमा आतङ्क मच्चाएकाले उनीहरुका विरुद्धमा सेनाले कारबाही अघि सारेको छ ।

सो कारबाहीमा परेर आइतबार आइएस समूहका एकजना कमाण्डर सहित १७ जनाको ज्यान गएको प्रवक्ता रोसलले जानकारी दिएका हुन् ।

प्रवक्ता रोसलले गएका केही महिना यतादेखि सेनाले उक्त अन्बर प्रान्तमा सशक्त कारबाही गर्दै आएको छ । सो प्रान्तमा यहाँका आइएस समूहले सुरक्षा फौज तथा सरकारी कार्यालयमाथि नै आक्रमण गर्ने गरेकाले सो कारबाही अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्