Logo

इराकमा प्रदर्शन हिंसात्मक: कम्तीमा १५ जनाको मृत्यु



इराक, १४ भदौ । इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ ।

धर्मगुरु मुक्तदबा अल-सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो ।

बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा १५ जनाको मृत्यु भएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका बीबीसीले जनाएको छ ।

शिया धर्मगुरु मुक्तदा अल-सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्