Logo

इराकमा रंगशालाबाहिर भागदौड: चार जनाको मृत्यु, ८० जना घाइते



इराक, ६ माघ । इराकको एक फुटबल रंगशालामा बिहीबार भएको भागदौडमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ८० जना घाइते भएका छन्।

चार दशकपछि इराकमा आयोजना भएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलका क्रममा उक्त घटना भएको हो । जब बसरा स्टेडियम र आसपासका क्षेत्रमा हजारौँ मानिस खेल हेर्न भेला भएका थिए ।

इराकी फुटबल महासंघका अनुसार फाइनलका लागि ९० प्रतिशत टिकट धेरै पहिले नै बिक्री भइसकेको थियो । जसका कारण हजारौँ किलोमिटर टाढाबाट खेल हेर्न आएका मानिसहरूको आक्रोश चुलिएको थियो । आक्रोशित फुटबल फ्यानहरू रंगशालाबाहिर जम्मा हुन थाले, त्यसपछि त्यहाँ यस्तो भिड लागेको थियो कि त्यहाँ भागदौड मच्चिएको थियो ।

अल जजिराको रिपोर्टअनुसार बसरा अन्तर्राष्ट्रिय रंगशालाको क्षमता ६५ हजार दर्शक क्षमताको छ । तर, बिहीबार अरेबियन गल्फ कपको फाइनल खेल हेर्न ६५ हजारभन्दा बढी मानिस जम्मा भएका थिए । यति ठूलो संख्यामा मानिसहरू भेला भएको देखेर रंगशालाका सबै ढोकाहरू बन्द भएका थिए ।

प्रतिक्रिया दिनुहोस्