इरान, ३० पुस । इरानले आफ्ना पूर्व-उपरक्षामन्त्री अलिरेजा अकबरीलाई फाँसी दिएको छ ।
यसअघि मृत्युदण्ड सुनाइसकेको इरानले हिजो फाँसी दिएको हो । फाँसी दिनुअघि बुधबार परिवारका सदस्यहरूलाई अन्तिम भेटका लागि बोलाइएको बिबिसीले जनाएको छ ।
इरानी-बेलायती दोहोरो नागरिकता भएका अकबरीलाई इरानले बेलायतका लागि जासुसी गरेको आरोपमा सन् २०१९ मा गिरफ्तार गरेको थियो । यही आरोपमा इरानले दोषी ठहर गर्दै मृत्यु दण्डको सजाय सुनाएको हो ।
अकबरीले भने जासुसीको आरोप अस्वीकार गर्दै आएका थिए । उनलाई मृत्युदण्डको फैसला भएपछि इरानले फाँसी नदिन र रिहा गर्न आग्रह गर्दै आएको थियो ।







