इरान, १२ पुस । इरान सरकारले देशका सर्वकालीन महान् खेलाडी अली दाईको परिवारलाई देश बाहिर जान रोक लगाएको छ ।
इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै अली दाईका श्रीमती र छोरीलाई देश छोड्न रोक लगाएको हो ।
५३ वर्षीय पूर्व खेलाडीका आफ्नो परिवार बिदा मनाउन तेहरानबाट दुबई आउने क्रममा रहेको जहाजलाई एउटा इरानी टापुमा अवतरण गर्न लगाएर उनीहरूलाई यात्रा गर्न रोक लगाएको थियो ।
‘यात्रा प्रतिबन्धबारे कुनै कारण दिइएको छैन’, अली दाईले भने, ‘अहिले मेरो परिवार तेहरान फर्कदैछ ।’
दाईका अनुसार उनको परिवार केही दिन छुट्टि मनाएर स्वदेश फर्कने तयारीमा थिए ।