
इरान, ९ जेष्ठ । इरानको शक्तिशाली सुरक्षा दस्ता रेभलुसनरी गार्डस्का एक कर्णेलको हत्या भएको छ । गएराति राजधानी तेहरानमा रेभलुसनरी गार्डस्का कर्णेल सैयद खोदाइको हत्या भएको हो ।
घर अगाडि मोटरसाइकलमा सवार दुई व्यक्तिले खोदाइलाई पाँच पटक गोली प्रहार गरेको बताइएको छ । हत्याको जिम्मा कुनै समूहले लिएको छैन । हत्यामा संलग्नहरूको खोजी भइरहेको छ । इरानी अधिकारीले अमेरिका र उसका सहयोगीले हत्या गरेको आरोप लगाएका छन् ।
कर्णेल खोदाइ रेभलुसनरी गार्डस् अन्तर्गत गोप्यरूपमा काम गर्ने सैन्य निकाय कूड्स फोर्सका वरिष्ठ सदस्य थिए । अमेरिकाले उक्त सैन्य बलले आतंकवादी समूहलाई समर्थन गरेको र मध्यपूर्वमा भएका आक्रमणमा उसको हात रहेको आरोप लगाउँदै आएको छ ।







