Logo

इरानमा गोली चल्दा १२ जनाको मृत्यु



इरान, ५ फागुन । दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिबार एक जना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन् ।

त्यस्तै उक्त घटनामा अन्य तीन जना घाइते भएका इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ ।

घटना स्थानीय समय अनुसार बिहान ४:३० बजे फर्याब काउन्टीमा भएको हो । २५ वर्षीय हतियारधारी व्यक्तिले दुई वटा घरमा रहेका आफ्ना दुई सौतेनी दाजुभाइ र उनीहरूका परिवारका सदस्यहरूमाथि गोली चलाएको जनाकारीमा आएको छ । तस्निमले केरमानका प्रहरी कमाण्डर नासेर फरशीदलाई उद्धृत गर्दै सो जनाकारी दिएका हुन् ।

केरमानको न्याय विभागका प्रमुख इब्राहिम हमीदीले उक्त व्यक्तिले आफ्नो बुबा लगायतका परिवारका सदस्यहरूलाई मार्न कलश्निकोभ राइफल प्रयोग गरेको बताएको सरकारी समाचार एजेन्सी इरनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्