Logo

इरानमा बाढी: मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो



इरान, १५ साउन । इरानमा एक हप्ताभन्दा बढी समयसम्म चलेको भारी वर्षाका कारण आएको बाढीले देशभरि मृत्यु हुनेको सङ्ख्या ६९ जना पुगेको छ ।

बाढी पहिरोका कारण ३९ जना घाइते भएका छन् भने अन्य ४५ जना हराइरहेका विपद् व्यवस्थापन अधिकारीले बताएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन संगठन (एनडीएमओ)का उप-प्रमुख नेजाद जहानीले अर्ध-सरकारी तास्निम न्यूज एजेन्सीलाई बताए । देशका २४ प्रान्तका ६६१ क्षेत्रमा खोज, उद्धार र सहायता परिचालन भइरहेको छ ।

उद्धारलाई बाढी प्रभाबित तेहरान प्रान्तको फिरुज्कुह काउन्टीमा केन्द्रित गरिएको र बाढीले अवरुद्ध गरेका सडकहरू पुनः खाल्ने काम गरिएको इरानी रेडक्रिसेन्ट सोसाइटीका अध्यक्ष पिर-होसिन कोलिभान्डले बताए ।

प्रतिक्रिया दिनुहोस्