Logo

इरानमा लागुऔषध पुन:स्थापना केन्द्रमा आगलागी, २७ जनाको मृत्यु



इरान, १७ कार्तिक । उत्तरी इरानमा शुक्रबार एक लागुऔषध पुन:स्थापना केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको त्यहाँको न्यायपालिकाले जनाएको छ ।

“लङ्गारुडमा लागुऔषध पुन:स्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ र १२ जनालाई अस्पताल पुर्याइएको छ”, तेहरानबाट उत्तरमा गिलान प्रान्तको लङ्गारुड सहरको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबाइटले प्रान्तीय मुख्यन्यायाधीश इस्माइल सादेघीलाई उद्धृत गर्दै भनेको छ ।

आगलागीको कारण तत्काल थाहा नभए पनि अनुसन्धान जारी रहेको छ । केन्द्रमा ४० जनासम्म अटाउन सक्ने मिजानले बताएको छ ।

स्थानीय आइएसएनए समाचार एजेन्सीले आगलागीको फुटेज सार्वजनिक गरेको छ जसमा रातिको समयमा आगोले आकाश उज्याले भएको र धुवाँको मुस्लो देखिन्छ । अन्य तस्बिरमा आगो निभाएपछि व्यापक क्षति भएका स्थलहरू देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्