इरान, ७ असोज । इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा मृत्यु भएको विषयलाई लिएर आन्दोलन चर्किएको छ ।
सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परि १७ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।
गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको हिरासतमै मृत्यु भएको थियो ।
१७ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनालाई इरानमा भएका पछिल्ला आन्दोलनमध्ये एक ठूलो आन्दोलनका रूपमा हेरिएको छ । झडपमा केही सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् ।
एम्नेस्टी इन्टरनेशनल र अन्य मानवअधिकारवादी सङ्घसंस्थाले सुरक्षाकर्मीले भिडमाथि गोली चलाएको, अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको बताएका छन् ।