Logo

इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा दुई जना बालबालिकाको ज्यान गयाे



पाकिस्तान, ३ माघ । इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा दुई जना बालबालिकाको ज्यान गएको छ । आक्रमणमा अन्य तीन जना घाइते भएका छन् ।

इरानले यसै हप्ता इराक र सिरियामा पनि मिसाइल आक्रमण गरेकाे थियो । आज बलुचिस्तानमा आतङ्कवादी समूह जैश अल-अदलसँग जोडिएका दुई वटा ठाउँमा आक्रमण गरेको इरानी राष्ट्रिय टेलिभिजन च्यानलले उल्लेख गरेको छ ।

पाकिस्तानले यो आक्रमणलाई गैरकानुनी काम भन्दै यसले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

यस्तै चीनले पाकिस्तान र इरानलाई संयमता देखाउन र तनाव बढाउने काम नगर्न आग्रह गरेको छ । जैश अल-अदल समूहले पाकिस्तानसँगै इरानमा पनि आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्