Logo

इरानले सात वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियाेग फेरि खाेल्ने



इरान, २३ जेठ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमवार साउदी अरेबियामा आउँदाे दुई दिनभित्र कुटनीतिक नियोग फेरि खोल्ने बताएका छन् ।

नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको इरानी दूतावास र जेद्दाहमा इस्लामिक सहयोग सङ्गठनका लागि महावाणिज्य दूतावास र प्रतिनिधि कार्यालय मङ्गलवार र बुधवार औपचारिक रूपमा फेरि खोल्ने उल्लेख गरेका छन् ।

यो निर्णय द्विपक्षीय सम्बन्ध पुनः सुरु गर्ने इरान-साउदी अरेबिया सम्झौता कार्यान्वयन गर्ने प्रक्रियाको एक हिस्सा हो, मन्त्रालयको वेबसाइटमा उल्लेख छ । इरानले अनुभवी कुटनीतिज्ञ अलिरेजा इनायतीलाई साउदी अरेबियाका लागि आफ्नो राजदूत नियुक्त गरेको अर्ध-सरकारी फार्स समाचार एजेन्सीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्