इलाम, १७ असार । इलाममा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।
इलाम नगरपालिका-१ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा दुर्घटना भएको बताइएको छ ।
गाडीमा सवार ११ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेलाई झापातर्फ पठाइएको छ भने अन्यको इलाम अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको नाम खुल्न बाँकी छ ।