Logo

इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु



इलाम, ८ असार । इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

आज दिउँसो ४.१० बजे इलाम रोङ गाउँपालिका-३ पाथले डाँडास्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बझाङ बित्थडचिर गाउँपालिका-१ बस्ने २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका-८ बस्ने २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको हो । घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पतालका डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुवैको शव सोही अस्पतालमा रहेको छ ।

दुर्घटनापछि ट्रक र ट्रक चालक पाँचथर कुम्मायक गाउँपालिका ९ बस्ने ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिई प्रहरी चौकी फिक्कलमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्