Logo

इलाममा स्कार्पियो दुर्घटना: एक जनाको मृत्यु, पाँच जना घाइते



इलाम, २८ जेठ । बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै पाँच जना घाइते भएका छन् ।

इलामको हर्कटेमा दुर्घटना हुँदा बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलको मृत्यु भएको हो ।

कर्णाली सहकारी संस्थाका पदाधिकारी चढेको स्कार्पियो बिर्तामोडबाट इलामतर्फ जाँदै गर्दा साँझ ६ बजेतिर हर्कटेमा बाटोभन्दा सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सहकारीका अध्यक्ष टिएस प्रधान, कोषाध्यक्ष एकराज विष्ट, सदस्य गणेश पराजुली कर्मचारीहरु सन्तोष श्रेष्ठ र डिल्ली बस्नेत घाइते भएका छन् । उनीहरूको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्