Logo

इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेस विजयी



इलाम, ४ जेष्ठ । इलाम नगरपालिकामा नेपालीका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतसहित विजयी भएका हुन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् ।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । त्यस्तै, उपप्रमुखमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् ।

१२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्