इलाम, २३ कात्तिक । इलाम नगरपालिका–९ राजदूवाली पुलछेउ माइखोला किनारमा शिला उत्पन्न भएको भन्दै अवलोकन गर्नेहरुको भीड लागेको छ ।
स्थानीय एक कन्याको सपनामा देवी पाथीभरा माताले स्वयं प्रकट भई ‘शिला’ रहेको स्थान देखिएको उल्लेख गरेपछि यो स्थान चर्चामा आएको हो । घटनालाई स्थानीयले ‘अद्भुत धार्मिक घटना’ मानेका छन् ।
सपनालाई आधार मानेर स्थानीय बासिन्दाहरूको उपस्थितिमा सोही स्थानमा उत्खनन गर्दा लाम्चो आकारको शिला (ढुंगा) फेला परेको हो । घटनापछि इलाम क्षेत्रमा धार्मिक उत्साह र कौतुहलता दुवै बढाएको छ । अहिले त्यहाँ दर्शनका लागि भक्तजनहरूको भीड बाक्लिँदै गएको छ ।
इलाम नगरपालिका–४ की २३ वर्षीया प्रमिला कार्कीले सपनामा सो स्थानमा पाँचवटा शिला देखेको भनेपछि स्थानीयले उत्खनन गर्दा शिला भेटेका थिए । त्यसपछि यो क्षेत्रमा भीडभाड बढेको र नयाँनयाँ माता एवम् धामीझाँक्रीहरु आएर पूजा गरिरहेका छन् । शिला हेर्नका लागि मानिसहरु गाडी रिर्जब समेत गरेर राजदूवाली पुगिरहेका छन् ।
स्थानीयले शिलालाई पाथीभरा माताको अद्भुत लीला र आस्थाको प्रतीकका रूपमा लिएका छन् । गत १८ असोज राति आएको बाढी र पहिरोका कारण राजदुवाली सडकखण्ड क्षतविक्षत भएको र सोही स्थानमा शिला भेटिएको हो ।
तर, शिलालाई कन्याको घरमा मन्दिर निर्माण गरी स्थापना गर्ने कि माइखोला किनारमै राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । सोही विवादकै कारण हाल शिलालाई त्यहीँ स्थानमै सुरक्षित राखिएको स्थानीयहरूले बता






