इलाम, ११ मंसिर । इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् ।
बस्नेतले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई २ हजार ६ सय ४ मतान्तरले पराजित गरेका हुन् ।
महेश बस्नेतले २५ हजार ६ सय ४९ ल्याए भने पराजित भएका झलनाथ खनालले २३ हजार ४५ मत ल्याएका छन् ।







