Logo

इलाम-२ उपनिर्वाचन: एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस



इलाम, ४ चैत । प्रतिनिधिसभा अन्तर्गत इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) मा ६ जनाको नाम सिफारिस गरिएको छ ।

इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । जसमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् ।

केन्द्रीय कमिटीले एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न भनेको थियो । सहमति हुन नसकेपछि ६ जनाकै पठाइएको एमाले इलामले जनाएको छ ।

एमाले उपाध्यक्ष तथा पूर्व संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । सिफारिसमा परेका सुहाङ सुवासका कान्छा छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्