Logo

इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय



काठमाडौँ, २२ चैत । नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संसदीय दल र केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

त्यस्तै कांग्रेसले बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र-१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको विश्वकर्माले बताए  ।

प्रतिक्रिया दिनुहोस्