Logo

इलाम-२ मा विवाद हुँदा मतगणना स्थगित



इलाम, ७ मंसिर । सुवास नेम्वाङको उम्मेदवारी रहेको इलाम क्षेत्र नम्बर २ मा विवाद हुँदा मतगणना स्थगित भएको छ ।

गणना भइसकेको मत शील नगरी बोरामा हालेको भन्ने विषयमा विवाद भएपछि मतगणना स्थगित भएको हो ।

मतगणना स्थगित हुनुभन्दा अघिसम्म एमाले उम्मेदवार नेम्वाङको अग्रता छ । उनले १० हजार ४ सय ४० मत पाउनुभएको छ भने कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ९ हजार ५ सय ३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्