अमेरिका, १५ कात्तिक । अमेरिकी अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति भङ्ग गर्दै आफ्नो नियन्त्रण कसिलो पारेका छन् ।
महिनौँदेखिको रस्साकस्सी अन्त्य गर्दै गत साता ४४ अर्ब डलरमा ट्विटर किनेका मस्क अब आफैँ उक्त कम्पनीको प्रमुख कार्यकारी हुनेछन् ।
विश्वभरिका राजनीतिज्ञ तथा पत्रकारहरूले प्रयोग गर्ने ट्विटर किनेलगत्तै उनले त्यसमा आफ्नो नियन्त्रण गहिरो बनाउँदै लगेका छन् ।
उनले सोचिरहेका सुधारहरूमध्ये ट्विटरले खाताहरूलाई गर्ने प्रमाणीकरणका तौरतरिका अनि रोजगारी कटौती रहेका छन् ।
बीबीसीले यसबारे प्रतिक्रियाका निम्ति गरेको अनुरोधबारे ट्विटरले जबाफ दिएको छैन । उच्च तहका कार्यकारीहरूलाई कामबाट हटाइसकिएको छ । तिनको ठाउँमा मस्कले आफ्ना निकट मानिसहरूलाई ल्याउँदै छन् ।