Logo

ईश्वर पोखरेलले भने, ‘मन्त्रिपरिषद् हेरफेर गर्नु गठबन्धनको धन्दा हो’



काठमाडौँ, २३ जेठ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मन्त्रिपरिषद् हेरफेर गर्नु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृंखला भएको टिप्पणी गरेका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष पोखरेलले मन्त्रिपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृंखला भएको बताएका हुन् ।

अहिलेको मन्त्रिपरिषद् हेरफेरलाई धेरै विशेष किसिमले हेर्नुपर्ने जरूरी छैन। यो त् गठबन्धनको धन्दाहरू हो र यो श्रृंखला चलिरहन्छन्। यो त्यही धन्दाको एउटा एपिसोड मात्र हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्