Logo

उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा



काठमाडौं , १२ पुस । न्याय परिषद्ले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।

आज बसेको न्याय परिषद् बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

विशेष अदालतका आठ न्यायाधीशमध्ये डा। खुसीप्रसाद थारुको उच्च अदालतको वीरगन्ज इजलासमा सरुवा सिफारिस भएको छ । उनको स्थानमा उच्च अदालत पाटनका न्यायाधीश बिदुर कोइरालालाई तोक्न पनि न्यायपरिषद्ले सरकारलाई परामर्श दिएको छ ।

प्रतिक्रिया दिनुहोस्