काठमाडौँ, ५ भदौ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार राति राष्ट्रिय दलका शीर्ष तहका नेताहरु सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमति भएका छन् ।
बैठकले समितिको कार्य क्षेत्रगत विवरण (टीओआर) कस्तो बनाउने विषयमा सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकलाई मंगलवार ११ बजे भित्रमा ड्राफ्ट तयार गर्ने जिम्मेवारी दिएको छ । आजै २ बजे भित्रमा शीर्ष तहको बैठकले अन्तिम रुप दिने सहमति भएको छ । सरकार छानबिनन समिति बनाउन तयार भइसकेकाले संसद खुल्न सक्ने एमाले नेताले बताएका छन् ।







