Logo

उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारी पुर्पक्षका लागि थुनामा



काठमाडौं, २१ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। नलिञ्चोक हेलिपोर्ट निर्माणमा देखिएको भ्रष्टाचारसम्बन्धी आरोपमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई कारागार चलान गर्ने निर्णय गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गत बुधबार पक्राउ गरी मुद्दा दायर गरेको थियो। यति मात्र होइन, आइतबार पोखरा विमानस्थल निर्माणसम्बन्धी अर्को भ्रष्टाचार मुद्दा समेत अधिकारीविरुद्ध दायर गरिएको छ।

उक्त प्रकरणमा अधिकारीसँगै पक्राउ परेका प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीलाई भने पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरिने आदेश अदालतले दिएको छ।

प्रतिक्रिया दिनुहोस्