Logo

उत्तरी सिरियामा झडपमा परी १३ जनाको मृत्यु



सिरिया, ३ भदौ । सिरियाको टर्कीसँग जोडिएको उत्तरी सीमामा पछिल्लो पटक भएका हिंसात्मक झडपमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको युद्ध अनुगमनकारी एक संस्थाले शुक्रबार बताएको छ ।

कुर्द नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेसमाथि टर्कीको सेना र उनीहरूका सिरियाली समर्थकविरुद्ध बढ्दो तनावको पृष्ठभूमिमा यो रक्तपात भएको हो ।

टर्कीको नियन्त्रणमा रहेको सिरियाली सेनाको नियन्त्रणमा रहेको सीमावर्ती शहर अल–बाबमा सिरियाली सरकारले शुक्रबार बिहान गरेको गोलाबारीमा नौ जना सर्वसाधारणको मृत्यु भएको बेलायतस्थित ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ ।

उक्त मानव अधिकारवादी संस्थाले भनेको छ, “आक्रमणमा परी मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् भने कम्तीमा ३० जना घाइते भएका छन् ।

कुर्दिश बहुल एसडीएफका एक प्रवक्ताले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । गोलाबारी एक व्यस्त बजार क्षेत्रमा भएको थियो । आक्रमणपछि स्थानीय बासिन्दाहरू आक्रमणमा परेका मानिसहरूको उद्धारमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्