Logo

उत्तर कोरियाद्वारा दुई साताभित्र छैटौँ क्षेप्यास्त्र प्रक्षेपण



उत्तर कोरिया, २० असोज । उत्तर कोरियाले बिहीवार थप दुई वटा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

गत दुई साताभन्दा कम समयभित्र प्योङयाङले छैटौँ क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको ‘प्रतिक्रिया स्वरूप’ पछिल्ला प्रक्षेपण गरिएको प्योङयाङले बुधवार बताएको थियो ।

यसअघि मङ्गलवार जापानी आकाशसम्म पुग्नेगरी प्योङयाङले एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌को आपत्कालीन बैठक बोलाउन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्