भारत, २४ असोज । भारतीय समाजवादी पार्टीका संस्थापक नेता एवं उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ ।
उनी गत २ अक्टुबरदेखि दिल्लीको मेदान्त अस्पतालमा उपचाररत थिए । उनको आज निधन भएको हो ।
८२ वर्षीय यादव सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका थिए । उनले तीन पटक प्रदेशको नेतृत्व गरेका थिए । यस्तै उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए ।