उदयपुर, ३० वैशाख । उदयपुरको कटारी नगरपालिका-१० मा रहेको कालिका माध्यमिक विद्यालय सोरुङ्ग छविसेको मतदान केन्द्रमा गोली चलेको छ ।
शुक्रवार दिउँसो साढे ४ बजेतिर गोली चलेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
उनले भने, ‘मतदानको अन्तिम समयमा गोली चलेको जानकारी आएको छ । यसबारेमा बुझिरहेका छौँ । गोली लागेर क्षति भएकोरनभएको जानकारी लिइरहेका छौँ ।’