उदयपुर, १७ भदौ । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ ।
बेलका नगरपालिका-७ उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
हत्या गरेको आशङ्कामा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका प्रहरीले जनाएको छ । टुक्रा-टुक्रा पारिएको अवस्थामा शव भेटिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी प्रहार गरेको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।






